नेभिगेशन
सुदूरपश्चिम

बझाङमा पहिरोका कारण तीन घर भत्किए

बझाङ: बझाङमा पहिरोका कारण तीन घर भत्किएका छन्। मंगलबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण बझाङमा तीन घर भत्किएका हुन्। जिल्लाको विकट साइपाल गाउँपालिकामा ठूलो क्षति भएको छ। दर्जनौं ठाउँमा पहिरो खसेर बाटाघाटा बन्द हुँदा एक गाउँ र अर्को गाउँबीच सम्पर्क विच्छेद भएको छ।

पहिरोले तीन घर भत्किएका छन् भने ५० भन्दा बढी घर जोखिममा परेका छन्। पहिरोमा परेर वडा २, धलौनको खोडीमा दलजित बोहराको घर भत्किँदा ६ वटा गाईगोरु च्यापिएर मरेका छन्। यस्तै वडा २ कै जिमा गाउँमा प्यारु कामीको घर भत्किँदा ५ चौपाया मरेका छन्। पहिरोले वडा ४ जगेराका असभान रोकायाको घर बगाउँदा धनमालको क्षति भएको छ।

वडा २ को काँकरकोटमा पहिरोले तलकोट गाउँपालिकाका धनकृष्ण जोशीका तीन वटा खच्चर मरेका छन्। दुई खच्चर घाइते छन्। सोही पहिरोले काँकरकोटमा हालसालै निर्मित पाहुना घरसमेत पुरेको साइपाल गाउँपालिकाले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै