नेभिगेशन
सुदूरपश्चिम

बझाङमा १६ लाखमा बनेको बर्थिङ सेन्टरको ‘हालत खराब’

बझाङ: बझाङमा एक बर्थिङ सेन्टरको अवस्था दयनीय बनेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ६ स्थित २ कोठे बर्थिङ सेन्टरको अवस्था दयनीय बनेको हो। 
बाढीले क्षति पुर्‍याएपछि बर्थिङ सेन्टर भवन बेवारिसे बनेको स्थानीयले बताएका छन्। गत असोज ३१ गते आएको बाढीले क्षति पुर्‍याएपछि मर्मत नहुँदा सो भवन बेवारिसे बनेको हो। उक्त भवन सुदूरपश्चिम प्रदेश सरकारको १६ लाख लागतमा निर्माण भएको थियो। २०७६ साल जेठ महिनामा निर्माण सम्पन्न भएको यो बर्थिङ सेन्टरमा अहिलेसम्म कुनै पनि स्रोत साधन र कर्मचारी पनि छैनन्।
कर्मचारी, आवश्यक सामग्रीको व्यवस्थापन गर्न नपाउँदै बाढीले क्षति पुर्‍याएपछि यो भवन अलपत्र परेको निवर्तमान वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए। यसको मर्मतका लागि पहल गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै