नेभिगेशन
सुदूरपश्चिम

बैतडीमा घर भत्किँदा २० लाखको क्षति

बझाङ: बैतडीमा घर भत्किँदा २० लाखको क्षति भएको छ। सुर्नया गाउँपालिकाको वडा नम्बर ८ सेलाका स्थानीय धनी साउँदको घर भत्किएको हो। अविलर वर्षाका कारण पहिरो खसेर साउँदको घरम भत्किएको सोही गाउँका स्थानीय रामबहादुर साउँदले बताए। धनी साउँदको दुई कोठे पक्की घर भत्किँदा २० लाख क्षति भएको बताइएको छ ।
उक्त घर नजिकै रहेको गणेश आधारभूत विद्यालयको चौर भाँसिएर आएको पहिरोले क्षति पुगाएको हो। पहिरो क्षति पुगाएको घरमा पसल सञ्चालन गरिएको थियो। उक्त पसलमा १० भन्दा बढीको सामान रहेको साउँदले बताए। पहिरोले पसलको सामानमा पनि क्षति पुगाएको छ।

यस्तै सोही गाउँमा एक अर्को घर पहिरोको उच्च खोजीममा रहेको छ। स्थानीय रमेशबहादुर साउँदको घर पहिरोको उच्च जोखिममा रहेको हो। पहिरोबाट भएको क्षति र जोखिमबारे स्थानीयले ढोल्यामोड प्रहरीलाई खबर गरेको बताएकाे छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै