नेभिगेशन
राजनिति

सुदूरपश्चिम प्रदेश सरकारले साढे १० अर्ब बजेट खर्च गर्न सकेन

बझाङ: सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन ।

प्रदेश सरकारले वार्षिक कुल बिनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत खर्चतर्फ १० अर्ब ५० करोड ९५ लाख रुपैयाँ खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

 

 

 

सरकारले जम्मा विनियोजित बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात २० अर्ब ९६ करोड ६१ लाख रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ । लेखा नियन्त्रण कार्यालयका सूचना अधिकृतसमेत रहेको लेखा अधिकृत यज्ञराज पाण्डेयले प्रदेश सरकारले कुल बजेटमा ६६.६१ प्रतिशत प्रगती गरेको भए पनि पुँजीगत बजेट खर्चको अवस्था भने अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले कम रहेको जानकारी दिए ।

प्रदेश पुँजीगततर्फ विनियोजन गरेको कुल १८ अर्ब ९० करोड २० लाख रुपैयाँमा ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ मात्र खर्च भएको लेखा अधिकृत पाण्डेयले बताए । यो तथ्यांकलाई आधार मान्दा प्रदेश सरकारले पुँजीगततर्फ मात्र ६ अर्ब ९५ करोड बजेट खर्च गर्न नसकेको देखिन्छ ।

 

 

चालुतर्फ कुल १२ अर्ब ५७ करोड ३५ लाख बजेट विनियोजन गरेको सरकारले ९ अर्ब १६ करोड ४३ लाख रुपैयाँ खर्च गर्दै ७१.७१ प्रतिशत प्रगति गरेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै