नेभिगेशन
सुदूरपश्चिम

बझाङमा नुहाइरहेकी एक किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने एक जना पक्राउ

बझाङ : बझाङमा नुहाइरहेकी एक किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने एक जना ४४ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिकाद ०४ खिरातडीका ४४ वर्षिय बिर्ख नेगी रहेका छन् । यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गर्न खोज्ने नेगीलाई २३ गते पक्राउ गरिएको हो ।

किशोरीलाई धाराबाट समातेर नेगीले धाराभन्दा केही तल लगेर बलात्कारको प्रयास गर्दा किशोरीले चिच्याउँदा स्थानीयहरुले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका नेगी हिरासतमा राखि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक जनक ढुंगानाले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै