नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिला घाइते

बझाङ: कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिला घाइते भएका छन्। बिहीबार जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा अनिता खत्री, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीले बताए । अनिताले ३ दिनअघि शिशुलाई जन्म दिएकी थिइन्। बच्चाको स्वास्थ्यमा समस्या आएपछि उनी उपचार गराउन धनगढी आएकी थिइन्। तर, चिकित्कले निमोनियाका कारण शिशुलाई मृत घोषणा गरेपछि अनितासँगै कुरुवाहरु घर फर्केका थिए। साेही क्रममा उनीहरु सवार मे१च ६३१ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको थियो। घाइतेहरुको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स अनियन्त्रित भएर एक घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै