नेभिगेशन
सुदूरपश्चिम

बैतडीमा अधिकांश बिरामीलाई भाइरल ज्वरो, स्क्रब टाइफस पनि देखिन थाल्यो

 बझाङ: बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्ला अस्पतालमा उपचार गराउन आएकामध्ये बढीजसो बिरामी भाइरल ज्वरोका रहेका अस्पतालको ओपिडिमा कार्यरत अहेब लक्ष्मी गुरुले बताए। उनका अनुसार अस्पतालमा अहिले दैनिक सय भन्दा बढी बिरामी भाइरल ज्वरोका आउने गरेका छन्। भाइरल ज्वरोका बिरामीमा बढी बालबालिकाहरु रहेको बताइएको छ। ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने लक्षणका बिरामी उपचारका लागि आउने गरेका जिल्ला अस्पताल बैतडीमै कार्यरत अर्का अहेब देवसिंह रावलले बताए । उपचारका लागि आएकामध्ये कतिपयमा स्क्रब टाइफस समेत फेला परेको उनले बताए। आइतबार  मात्रै पनि उपचारका लागि अस्पताल पुगेका दुई जनामा स्क्रब टाइफस फेला परेको उनले बताए। मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएकाले शरीर तातो नै रहेको बेला चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा इन्फेक्सन भएर भाइरल ज्वरो हुने गरेको स्वास्थ्यकर्मीहरु बताएका छन्। भाइरल ज्वरोका बिरामीलाई उमालेर  सफा पानी पिउन, खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै