नेभिगेशन
सुदूरपश्चिम

पानी पर्न थालेपछि बझाङ किसानलाई राहत महशुश, बझाङमा २० प्रतिशतमा मात्रै रोपाइँ सकियो

बझाङ : समयमै वर्षा नहुँदा रोपाइँ गर्न समस्या भएका बझाङ किसानलाई पानी पर्न थालेपछि राहत महशुश भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको  छ । बझाङमा गयरातिदेखि मनसुन भित्रिएकाले अब यहाँका किसानलाई राहत महशुश भएको जयपृथ्वी नगरपालिका ३ कर्ण खड्काले बताउनुभयो ।

यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् ।  ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको मष्टा गाउँपालिका–१ कोटदेवलका जलन खड्काले जानकारी दिनुभयो । रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ ।   उनले भने, “हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।” 

गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । ८ हजार हेक्टर क्षेत्रफल धान खेती हुने बझाङमा ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइ हुनेगरेको छ भने २ हजार हेक्टर क्षेत्रफलमा छरुवा धान खेती हुने गर्दछ । बझाङमा हालसम्म बढीमा २० प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ ।  बेसीक्षेत्र तथा  सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्र प्रमुख टेकबहादुर बिष्टले जानकारी दिनुभयो । रोपाइँका लागि यो उपयुक्त समय भए पनि प्रशस्त वर्षा नहुँदा यो  समयमा  रोपाइँ गर्न सकिएको छैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै