नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्नामा यातायात व्यवसायीको ज्यादती

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा चल्ने साना सवारी जिपले चर्को भाडा उठाउँदै आएका छन् । तमैलबाट गाउँपालिकाको कालुखेतीसम्म चल्ने साना सवारी जिपले चर्को भाडा लिने गरेको छान्नावासीको गुनासो छ । तमैलदेखि कालुखेतीसम्मको दुरी १२ किलोमिटरको यात्रामा जिपले ५ सय भाडा लिने गरेको छ ।
 

साना सवारी जिपले ईन्धनको मुल्य बढेको बाहाना बढाउदै चर्को भाडा उठाउदै आएका छन् । जीप व्यवसायी संग भाडा बढी भयो केहि घटाउनुसभन्दाबीच बाटोमै जिपबाट झारेर अलपत्र पार्ने, हिडेर जानु भनेर धम्क्याउने गरेको स्थानीयको गुनासो छ ।
 

सवारी भाडाको तुलना गर्दा प्रतिकिलो मिटर ४० रुपैयाँभन्दा बढी हुने गरेको छ । प्रति किलोमिटर २० रुपैया लिए पनि अहिलेको भाडा भन्दा आधा सस्तो हुन्छ । सवारी भाडाको विषयमा बेला बेला सम्बन्धित निकायलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको खप्तडछान्नाका दिनेश रोकायाले बताउनुभयो ।

छान्ना क्षेत्रमा जीप व्यवसायीले दादागिरी नै चलाएको छ । ६ सिट पास बोलेरो जिपमा १५ जना नभएसम्म तमैलबाट नजाने र छान्नाबाट नआउने हुँदा समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेको अर्का स्थानीय जनक खडकाले बताउनुभयो ।

यस विषयमा गाउँपालिकाले नियमन गरेर जीप व्यवसायीसँग बसेर छलफल गर्ने र आवश्यक परेको खण्डमा कानुन बमोजिम अघि बढ्ने खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकायाले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै