नेभिगेशन
सुदूरपश्चिम

घरघरमा गएर सामाजिक सुरक्षाा भत्ता वितरण गर्दै साईपाल गाँउपालिका अध्यक्ष बोहरा

बझfङ: साइपाल गाउँपालिकाले लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । यसअघि सम्बन्धित वडा कार्यालय बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको गाँउपालिकाले यस बर्ष देखि लाभग्राहीको घरमै पुगेर वितरण गर्ने जनाएको छ । पाँच वडा रहेको साइपाल गाउँपालिका भौगोलिक रूपमा वडा कार्यालय पुग्न पनि लाभग्राहीलाई निकै सास्ती हुने गरेको छ ।

विशेष गरेर जेष्ठ नागरि, बालबालिका र फरक क्षमता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय सम्म पुग्न समस्या हुने गरेको दुखेसो गरेपछि गाँउपालिकाका अध्यक्ष मान बहादुर बोहरा आफै घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन । आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागी अध्यक्ष बोहरा सहितको टोली लाभग्राहीको घर–घरमा नै पुगीरहेका हुन् ।

यस अघि सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको भएपनिे यस बर्ष देखि घरमै भत्ता पाँउदा खुसी लागेको साइपाल गाउँपालिका वडा १ धलौनकी राइमती बोहाराले बताउनु भयो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा बैंकमा खाता खोलेर बैंक मार्फत रकम प्राप्त गर्ने र पालिकाले पनि बैंक मार्फत नै रकम भुक्तानी गर्नु पर्ने भए पनि हालसम्म साइपाल गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा सामाजिक सुरक्षा भत्ता नगदमा नै वितरण हुने गरेको साइपाल गाउँपालिकाका इन्जिनियर तिलक विसीले बताउनु भयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै