नेभिगेशन
सुदूरपश्चिम

बुङगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

बझाङ: बझाङको बुङगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ किशोर पक्राउ परेका छन । बुङ्गल नगरपालिका वडा न.१ कि १२  वर्षीय एक बालिकालाई  बलात्कार  गरेको आरोपमा  सोहि ठाँउका ३ जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोहि ठाँउका अन्दाजि १४  वर्षीय, १५ वर्षीय १६ बर्षिया तीन जना लाई पक्राउ गरेको हो । जेठको दोस्रो साता तिर बालिकाका आमाबुबा रोपाईमा गएको र घरमा कोहि नभएको बेला तीनै जनाले सामुहिक बलात्कार गरेको पिडीत पक्षले जनाएको छ । तीनै जनाले बलात्कार गरेको कसैलाई भनेमा मार्ने धम्की दिएको र बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाई भएको पिडीतका आफन्तले जनाएका छन ।

विहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय बझाङ बाट खटिएको टोलिले तिनै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरेको छ । बलात्कारका आरोपि तीनै जना नावालक भएकाले जवरजस्ति करणीमा मुद्दा दर्ता गरि अदालत बाट म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाईने जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक जनक ढुंगानाले जानकारी दिनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै