नेभिगेशन
सुदूरपश्चिम

प्रधानमन्त्री देउवाको गृहजिल्लामा बजेट : मेडिकल कलेजदेखि विमानस्थलसम्म

डडेल्धुरा : सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका केही योजना पनि समेटिएका छन्।

सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने भएको छ। अर्थमन्त्री शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाउने बताए। 

यसका साथै डडेल्धुराको अजयमेरूमा विमानस्थल पनि निर्माण हुने भएको छ तर बजेट भने खुलाइएको छैन। यसअघि नै अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकनसँगै ५ करोड बजेट सुनिश्चित भइसकेको छ।

सुदूरपश्चिमका ७ देवीमध्ये डडेल्धुरामा रहेको उग्रतारा भगवती मन्दिरलाई पर्यटकीय स्थलमा प्रवर्द्धन गरिने उल्लेख बजेटमा छ। झापाको बाहुनडाँगीदेखि डडेल्धुराको रुपालसम्म भित्रीमधेस क्षेत्रमा अवस्थित ठूला उपत्यका जोड्न निर्माणाधीन मदन भण्डारी राजमार्गमा पनि बजेटले निरन्तरता पाएको छ। मदन भण्डारी राजमार्गका लागि २ अर्ब ९१ करोड विनियोजन भएको छ। 

डडेल्धुरा, डोटी र बैतडीलाई समेटेको ७५० मेगावाट पश्चिम सेती जलविद्युत् आयोजनाको प्राविधिक तयारी गरी निर्माण अगाडि बढाइने भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै