नेभिगेशन
सुदूरपश्चिम
आत्महत्यको डरलाग्दो रुप

बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या

बझाङ : बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । दुर्गाथली - ३ रकैलकी ११ वर्षीया बालिका अनिता दमाई शनिबार साँझ नजिकैको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । 

दिउँसो बाख्रा चराउन जङ्गलतिर गएकी बालिका साँझसम्म घर  नफर्किएपछि  घरपरिवारले खोजी गर्दा स्थानीय एक जंगलको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ पुर्‍याइएको प्रहरीले जनाएको छ । यसअघि वैशाख १ गते पनि थलारा एक बालकले आफूले भनेअनुसार चप्पल किनि नदिएको भन्दै एक बालकले आत्महत्या गरेका थिए । 

एक हप्ता नबित्दै दुई बालबालिकाले आत्महत्या गर्नुमा उनीहरुको जिद्धी गर्ने बानी विकास हुँदै गएको र अभिभावकले आफ्ना बालबालिकालाई संरक्षण गर्न नसकेको महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशीले बताउनुभयो। 

बालबालिकाले कुरा मागिरहेको वा खोजिरहेका वेला अभिभावकले उनीहरुलाई रिसाउने हप्काउने गर्दा उनीहरु इगो लिएर ज्यानसम्म गुमाउन पुग्ने गरेको उहाँले बताउनुभयो । 

प्रविधिको विकासले मोबाइलजस्ता विलासिताका चिजवस्तु र टिकटक लगायतका मनोरञ्जनका एपमा भाइरल हुन लागि विभिन्न क्रियाकलाप गर्ने क्रममा पनि उनीहरु ज्यान गुमाउनसम्म पुग्ने गरेको सामाजिक अगुवा धर्मजङ्ग बहादुर सिंहको भनाई छ ।  
यस्तै घरायसी समस्या, बेरोजगारी र मदिराजन्य पदार्थको सेवनका कारण वयस्क,युवायुवती र वृद्धवृद्धा आत्महत्या गर्ने गरेको बझाङ प्रहरीको तथ्याङ्कले देखाएको  प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो । बझाङमा एक महिनामा न्यूनतम् ४ जनाले आत्महत्या गरि ज्यान गुमाउने गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै