नेभिगेशन
सुदूरपश्चिम

जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका ९४ जना प्रहरी अधिकृतले पाए दर्ज्यानी चिह्न

बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङ अन्तर्गत मातहतका कार्यालयमा कार्यरत ९४ जना प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी सहायक हवल्दार बाट प्रहरी बरिष्ठ हवल्दार र प्रहरी जवान पद बाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका २ जना प्रहरीवरिष्ठ नायव निरीक्षक, २२ जना प्रहरी बरिष्ठ हवाल्दार र ७० जना प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय बझाङमा आयोजित कार्यक्रममा पदोन्नति भएका प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ । डिएसपी विष्टले पदोन्नति भएका कर्मचारीलाई बधाई दिँदै अझै क्रियाशील, जिम्मेवार र समर्पित भई सेवा गर्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल चौधरीले जानकारी दिनु भयो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै