नेभिगेशन
सुदूरपश्चिम

शिक्षकहरू आयाेगकाे परीक्षा दिन हिँडेपछि सुदूरपश्चिमका अधिकांश विद्यालय बन्द

बझाङ: शिक्षकहरू शिक्षक सेवा आयोगको परीक्षा दिन जिल्ला बाहिर गएपछि सुदूरपश्चिका पहाडी जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । कतिपय ठाँउमा विद्यालयहरूले एक साताका लागि बिदा दिएका छन् । कतिपय स्थानीय पालिकाले नै बिदा दिएका छन् । शिक्षक सेवा आयोगले लिने परीक्षा आजदेखि सुरु हुँदैछन् । सुदूरपश्चिम प्रदेशमा आयोगकाे परीक्षाका लागि कैलाली र कञ्चनपुरमा केन्द्र तोकिएका छन् । बझाङको जयपृथ्वी नगरपालिका १ कैलाशमा रहेको नारायण माध्यमिक विध्यालय २० चैतसम्मका लागि बन्द गरिएको छ । शिक्षकहरू आयोगको परीक्षा दिन गएपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक ऐनबहादुर सिंहले बताए । उनले भने, 'शिक्षक नहुँदा विद्यालय बन्द गर्नुपरेको हो । अधिकांश शिक्षकहरू अस्थायी र करारका छन् । परीक्षा नदिनु भन्न पनि मिलेन ।'

बैतडीको दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेरै पाँच दिनका लागि गाउँपालिकाका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाकाले आइतबार सूचना जारी गर्दै शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालयमा उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने जनाएको छ । गाउँपालिकाकाले जारी गरेको सूचना अनुसार १८ चैतसम्म विद्यालयहरू बन्द हुने छन् । गाउँपालिकाका अधिकांश शिक्षक आयोगको परीक्षामा सहभागी हुन जाने र विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने गरी बिदा दिने निर्णय गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले बताए । 

डडेल्धुराको परशुराम नगरपालिकाभित्रका सामुदायिक विद्यालय पनि पाँच दिन बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि सोमबार सूचना जारी गर्दै शिक्षक सेवा आयोगको परीक्षामा नगरपालिकाभित्रका विद्यालयमा अध्यापनरत अधिकांश शिक्षकहरू सहभागी हुने भएकाले विद्यालय बन्द गरिने जनाएको छ । सुदूरपश्चिमका अधिकांश अस्थायी तथा करार शिक्षकहरूले प्रदेश १, मधेस, बागमती लगायतका प्रदेशबाट परीक्षा फाराम भरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै