नेभिगेशन
सुदूरपश्चिम

बझाङको कृर्षि उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले ‘बझाङ कोसेली घर’ सञ्चालनमा

बझाङ बझाङका घरेलु तथा कृषक उद्यमीहरूले उत्पादन गरेको स्थानीय अर्ग्यानिक एवं परम्परागत उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले ‘बझाङ कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । कृषि ज्ञान केन्द्र बझाङको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको उक्त कोसेली घरको मङ्गलवार जिल्ला समन्वय समिति बझाङका प्रमुख खडक बहादुर खड्काले उद्घाटन गर्नुभएको छ ।

बझाङको सदरमुकाम चैनपुर जय पृथ्वी नगरपालिका १० लोकतान्त्रिक चोकमा सञ्चालनमा ल्याइएको कोसेली घरको उद्घाटन गर्दै समन्वय समिति प्रमुख खड्काले कृषकहरूले उत्पादन गरेका बस्तुहरूलाई प्रवर्द्धन गर्नुका साथै आयआर्जनमा जोड्न समेत कोसेली घरले भूमिका खेल्नुपर्ने बताउनुभयो । जय पृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले खुम्चिँदै आएको घरेलु उत्पादनको बजारलाई विस्तार गर्न कोसेली घर सहयोगी हुने बताउनुभएको छ । उहाँले घरेलु तथा साना उद्योगी व्यवसायीहरूको प्रतिस्पर्धी क्षमता समेत बढाउनुपर्नेमा जोड दिनुभयो ।

कोसेली घरको सामान घरमै बसेर बजारीकरण गर्न सकिने अवस्था आएकोले सामाजिक सञ्जाल एवं सूचना तथा सञ्चार प्रविधिलाई उत्पादनमुखी बनाउनुपर्ने स्थानीय हर्क बुढाले बताउनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले बझाङका मौलिक एवं परम्परागत घरेलु उत्पादनको एकीकृत बजार प्रवर्द्धन गर्न कोसेली घर सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलिले कोसेली घरले बेरोजगार भएका युवाहरू रोजगारी पाउनुका साथै स्थानीय उत्पादनले जिल्लाको पहिचान बढाउने बताउनुभयो ।

कोसेली घर सञ्चालनमा आएसँगै यहाँका घरेलु तथा साना उद्योगी व्यवसायी उत्साहित भएका छन् । कोसेली घरमा बझाङको परिचय बनेका एवं मौलिक उत्पादन भाङ्गो, कोदो, मकै, राजमा, गहुँको, कोदोको पिठो, मार्सी धान, भटमास, तिरकुलो, टिमुर, फापर, गत, सिस्नुको पाउडर लगायतका उत्पादित सामाग्रीहरू बिक्री वितरणका लागि राखिएका छन् ।

कोसेली घरमा यहाँका मौलिक एवं परम्परागत सँगै २० थरिका स्थानीय उत्पादन बस्तु राखिएको सञ्चालक वसन्त खड्काले जानकारी दिनुभएको छ । खड्काका अनुसार कोसेली घर सञ्चालन गर्न कृषि ज्ञान केन्द्रले ५ लाख रुपैयाँ आर्थिक अनुदान सहयोग गरेको बताउनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै