नेभिगेशन
सुदूरपश्चिम

बझाङको मष्टा गाँउपालिकामा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड: फोन र इन्टरनेट सेवा प्रभावित

बझाङ : नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्। बझाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएको हो। तोडफोड गर्ने ओखेडालाई हिजो दिनभर प्रहरीले खोजे पनि फेला पार्न नसकेको र उनको मानसिक सन्तुलन सही नभएको स्थानीयबाट बुझिन आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए।

ओखेडाले यसअघि पनि गाउँमा रहेका मठमन्दिर भत्काउने, सार्वजनिक स्थलमा नराम्रो व्यवहार गर्ने र मानिसलाई देख्नासाथ ढुङ्गा हान्ने गरेको स्थानीयले बताएका छन्। तोडफोड भएको टावर कहिले सञ्चालनमा आउने भन्ने यकिन भन्न नसकिने नेपाल टेलिकमको शाखा कार्यालय बझाङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै