नेभिगेशन
सुदूरपश्चिम

बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै

बझाङ : शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ५५ सामुदायिक विद्यालय छनौट गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ । छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।

सार्वजनिक गरिएको सूचीमा बझाङ जिल्लाका १२ ओटा स्थानिय  तहमा ११ ओटा स्थानीय तहका मात्र ५५ वटा विद्यालय छनौटमा परेका छन् । जसमा जयपृथ्वी नगरपालिकाबाट २ मावि विद्यालय, बुंगल नगरपालिकाबाट ५ मावि र ३ आधारभुत विद्यालय गरि ८ विद्यालय,साइपाल गाउँपालिकाबाट २ मावि विद्यालय, केदारस्युँ गाउँपालिकाबाट २ मावि विद्यालय, खप्तडछान्ना गाउँपालिकाबाट २ मावि, ६ आधारभुत गरी ८ विद्यालय,तलकोट गाउँपालिकाबाट ४ मावि, ६ आधारभुत गरी १० विद्यालय, थलारा गाउँपालिकाबाट ५ मावि, २ प्रावि गरि ११ विद्यालय, दुर्गाथली गाउँपालिकाबाट २ आधारभुत विद्यालय, मष्टा गाउँपालिकाबाट १ मावि, ६ आधारभुत गरि ७ विद्यालय, वित्थडचिर गाउँपालिकाबाट १ मावि, १ आधारभूत गरि २ विद्यालय र सुर्मा गाउँपालिकाबाट १ आधारभुत विद्यालय गरि जम्मा ५५ विद्यालय छनोट भएका छन् ।
छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण,खानेपानीसहितको शौचालय,कम्प्युटर ल्याब,पुस्तकालय तथा विज्ञान प्रयोगशाला,सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

छनाैटमा परेका देशभरका विद्यालय हेर्नुहोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै