नेभिगेशन
सुदूरपश्चिम

सदरमुकाम चैनपुर बजारमा हुने अपराधिक घटना न्युनिकरणका लागि सिसी क्यामेरा आवश्यक: डिएसपी विष्ट

बझाङ: बझाङको सदरमुकाम चैनपुरमा हुने आपराधिक क्रियाकलाप रोक्न सिसी क्यामेरा जडान गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर बिस्टले बताउनुभएको छ । बजार क्षेत्रमा रहेका युवा युवतीहरू लागु औषधको कुलतमा फसेको र आपराधिक गतिविधि बढेकाले त्यसको निगरानीको लागि बजार क्षेत्रका विभिन्न नाकाहरूमा सिसी क्यामरा राख्नु आवश्यक रहेको समेत डिएसपी विष्टको भनाई छ । 

बजारमा अहिले चोरीका घटनाहरू बढेकाले उक्त चोरी तथा आपराधिक घटना कम गर्न सिसी क्यामेरा बजारमा जडान हुनुपर्ने स्थानीयहरूले समेत बताएका छन् । आफूहरू राती कोठामा सुतेका बेला पसलमा कहिले ताला फोरेको त कहिले सामान चोरेको हुने र बजारमा रातभरि मदिरा खाएर होहल्ला गर्ने गरेकाले सिसी क्यामेरा आवश्यक रहेको आरजे मोबाइल ग्यालरीका सञ्चालक जनक धामीले बताउनुभयो ।

सदरमुकाम चैनपुर बजारमा सिसी क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयवासी बताउँछन् । सदरमुकाम चैनपुर बजारमा सडक बत्ती जडान भएका स्थानमा आवश्यकता अनुसार सिसी क्यामेरा जडान भएपछि प्रहरीलाई पनि सहज हुने प्रहरीको धारणा छ । जय पृथ्वी नगरपालिका प्रमुख वीरेन्द्र बहादुर खड्काले यस विषयमा छलफल भइरहेको र चाँडै सदरमुकाम चैनपुर बजारमा सिसी क्यामेरा जडान गरिने बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै