नेभिगेशन
सुदूरपश्चिम

खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा बारे छविसपाथीभेराका जनप्रतिनिधि संग छलफल

बझाङ: छविसपाथीभेरा गााउपालिकामा खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा माथी छलफल गरिएको छ । जिल्लामा खाद्य असुरक्षा बढेपछि फियान नेपालले जिल्लाका स्थानिय तह संग मिलेर खाद्य सुरक्षा सम्बन्धि रणनैतिक कार्ययोजना तयार पारेको छ । फियान नेपालले विहिबार छविसपाथीभेरा गाँउपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख र सरोकारवाला संग छलफल गरेको हो । सरकारले सम्भावित खाद्य असुरक्षाबाट जनतालाई जोगाउन कृषिलाई सुरक्षित तवरले अगाडि बढाउनु पर्नेमा सहभागिले जोड दिएका छन । खाद्य सुरक्षाका हिसाबले बझाङ सबैभन्दा उच्च जोखिममा छ । बझाङका थुप्रै गाउँमा अहिले पनि आफ्नै उत्पादनले वर्षभरि खान पुग्दैन । छविसपाथीभेरा गाँउपालिका संगै साइपाल, मस्टा, तल्कोट, केदारस्युँ गाउँपालिका र जयपृथ्वी तथा बुंगल नगरपालिकाका केही वडामा चरम खाद्य संकट देखिएको छ ।

सबैभन्दा बढी खाद्यान्न अभाव फागुन, चैत, साउन र भदौमा हुने गरेको छ । यो अवधिमा खाद्यान्न किन्न नसक्नेले चरम खाद्य संकट भोग्नु परेको छ । पछिल्लो समयमा बाढी र पहिरोले खेती योग्य जमिन बगाए पछि झन खाद्य संकट व्यहोर्नु परेको छ । सेती नदीले खेती योग्य जमिन बगाएपछि आफुहरु सुकुम्वासी हुने अवस्थामा पुगेको स्थानियको भनाई छ । खाद्य असुरक्षाबाट मुक्त गर्न साना किसानलाई उत्पादनको स्रोतमाथि पहुँच दिनुपर्ने फियान नेपालकी फिल्ड संयोजक सीता सिंहको भनाइ छ । उनले भनिन् ‘खाद्य संकट झेलिरहेका वर्गको स्रोतमाथि पहुँच छैन । स्थानिय सरकारले लिजमा जग्गा उपलब्ध गराएर काम गर्ने वर्गको स्रोतमाथिको पहुँच बढाउनुपर्छ ।’ खाद्य राइट अधिकार स्थापित गर्न स्रोत, नीतिमा साना किसानको पहुँच बढाउनुपर्ने भएकाले फियान नेपाले खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा तयार पारेको उनको भनाई छ ।

रणनैतिक कार्ययोजनाको मस्यौदामा समेएिका विषयवस्तु समयसापेक्ष र स्थानिय तह अनकुल भएकाले यस्को कार्यान्वयनका लागी केहि विषयवस्तु संसोधन गर्नु पर्ने सुझाव दिएका थिए । पालिका भरिको एकिन तथ्याङ्क संकलन गरेर कुन कुन ठाँउमा खाद्य असुरक्षा बढी छ र सो विषयमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषय प्राथमिकता राख्नु पर्ने वडा नं १ का वडाध्यक्ष नयन बोहराले बताए । गााउपालिका भरिमा उब्जनीहुने जमिन, सिँचाईको अवस्था, सम्भावित खेती र जनताको आर्थिक अवस्था लगायतका विषयमा अझ जोड दिदै बजेटको अवस्था हेर्नुपर्ने गााउपालिका अध्यक्ष अक्कल धामीले बताए । खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौद गरेर ाका केहि विषयवस्तु गाँउपालिकाले चाडँै कार्यपालिकाको बैठक बाट आवश्यक छलफल गरेर कार्यान्वयनको चरणमा जाने गाँउपालिका अध्यक्ष धामीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै