नेभिगेशन
सुदूरपश्चिम

चैनपुर साँस्कृतिक तथा पर्यटन  महोत्सव आज देखि जिल्ला सदरमुकाम चैनपुरमा

बेमौसमि बर्षाका कारण स्थगित भएको चैनपुर साँस्कृतिक तथा पर्यटन महोत्सव आज देखि सुरु हुने भएको छ । 'युग युग सम्म देखियोस पल्टाउदा इतीहासका पाना, बझाङको कला सँस्कृतीको संरक्षण प्रबन्धन गर्ने हाम्रो चाहाना' भन्ने मुल नाराका साथ कार्यक्रम तयारी पुरा भएको छ । कार्तिक ४ देखि १३ गते सम्म हुने भनिएको  महोत्सव कार्तिक पहिलो साता आएको अबिरल बर्षा र बाढिका कारण रोकीएको थियो । बाढी पहिरोले सडक अवरुद्ध हुँदा तत्काल प्रभावित भएको सास्कृतिक तथा पर्यटन  महोत्सव आज देखि सञ्चालन हुने भएको हो ।

लोक तथा दोहोरी गीत प्रतिस्ठान बझाङ साखाका अध्यक्ष उमासंकर जोशिका अनुसार बझाङको कला संस्कृती र बझाङको पहिचानलाई देशै भरी चिनाउने उदेश्यले महोत्सब संचालन गर्न लागेको बताए । लोक तथा दोहोरी गीत प्रतिस्ठानका अनुसार आज बिहान १० बजेबाट महोत्सव संचालन हुने भएको छ ।  कार्यक्रम यहि मंसिर २५ गते संचालनमा रहने भएको छ । कार्यक्रम जयपृथ्वी नगरपालीकाको समन्वयमा सञ्चालन हुन बताइएको छ । कार्यक्रममा महानायक राजेश हमाल,गायक चक्र बम, गायक रामजी खाण, गायक पशुपति शर्मा, नेपाल आइडल बिजेता रबि ओड, गायिका जोति मगर, एलीना चौहान,डेउडा गायक लाल बहादुर धामी अछामी बड्डो,गायक चेतन बोहरा,डेउडा गायीका रेखा जोसि,गायक बाबुकृष्ण परीयार,गायक तथा मोडल दुर्गेश थापा लगाएत राष्ट्रीय तथा स्थानीय कलाकारहरुले प्रस्तुती रहने छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै