नेभिगेशन
राजनिति

अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

१० औं राष्ट्रिय महाधिवेशन

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनुभएको छ । 

सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभएको हो । आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहनुभएको छ । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको छ ।

सर्वसम्मतिको प्रयास भएकाले हिजै हुनुपर्ने चुनावी प्रक्रिया आज बिहान सुरु भएको हो । संशोधित तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै  आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।  

यसअघि ओलीले गएराति बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गर्नुभएको थियो । तर प्रस्तावित सूचीमा नपरेका नेताहरुले उम्मेदवारी दिएका छन् । सहमति नभएका अध्यक्षसहित सबै पदमा चुनाव हुनेछ ।

गएको शुक्रवारदेखि चितवनमा सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हिजै सकिने कार्यतालिका भए पनि सहमतिको प्रयास हुँदा लम्बिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै