नेभिगेशन
सुदूरपश्चिम

एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सञ्चालनमा आयो

बझाङ: एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बझाङ सदरमुकाम चैनपुर जोड्ने जपयृथ्वी राजमार्ग एक महिनापछि शनिबारबाट सञ्चालनमा आएको हो । ३१ असोजदेखि ३ कात्तिकसम्म परेको बेमौसमी वर्षाका कारण सेती नदीले छविसपाथीभेरा गाउँपालिकाको जाल्याबगर र केदारस्युँ गााउँपालिकाको नारुगौडामा सडक बगाएको थियो । 

नारुगौडामा नेपाली सेनाको टोलीले विष्फोट गरेर चट्टान काटेर नयाँ ट्रयाक खोलेपछि राजमार्ग सञ्चालनमा आएको हो ।  जाल्या बगरमा सेती नदीको धार नै परिवर्तन गरेर राजमार्गलाई सञ्चालनमा ल्याइएको छ । राजमार्ग सञ्चालनमा आएसँगै शनिबार दिउँसोदेखि साना तथा ठूला गाडी नियमित रुपमा चल्न थालेका छन् । सबैभन्दा ठूलो समस्या जाल्या बगरमा भएकाले सेती नदीलाई डाइभर्ट गरेर वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै