नेभिगेशन
सुदूरपश्चिम

थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति

बझाङ: बझाङको थलारा गाँउपालिका स्वास्थ्य शाखामा विधुत सर्ट भई आगलागी भएको छ । आज बिहान ११ः३० बजे स्वास्थ्य शाखाको स्टोरमा विद्युत सर्ट भइ आगो लाग्दा घर पुर्ण रुपमा जलेर नस्ट भएको छ । विधुत सर्ट भई लागेको आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्य चौकील वितरण गर्न ल्याईएका ५/५ थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेर नष्ट भएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट स्वास्थ्य शाखा भवनसँगै रहेको कर्मचारी आवासमा पनि क्षति पु¥याएको थलारा गााउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । उपाध्यायका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओली, सब ओभरसिर चक्रबहादुर थापा र खानेपानी तथा सरसफाइ सहजकर्ता भोजराज पाण्डे बस्ने ३ कोठामा रहेका ओड्ने ओछ्याउने, लगाउने कपडा लगायत सबै सामान जलेर पुर्ण रुपमा जलेर नस्ट भएका छन् ।  गाउँपालिकाले घर भाडामा लिएर स्वास्थ्य शाखा सन्चालन गरिरहेको थियो । आगलागी बाट के कति क्षति भयो भन्ने बारे एकिन भएको छैन । क्षतिको विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै