नेभिगेशन
सुदूरपश्चिम

सरकारलाई पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अनेरास्ववियु बझाङको माग

बझाङ: नेकपा एमालेको निकट विध्यार्थी संगठन (अनेरास्ववियु) बझाङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रविन्द्र धामी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा परमादेश सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर नागरिकलाई मारमा पारेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । अनेरास्ववियुले  मूल्य वृद्धि खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

परमादेशबाट बनेकाे सरकारको निर्देशनमा पटक पटक नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरी जनताको आधारभुत आवश्यकताको व्यवास्ता गर्दै देशमा महंगी बढाई जनताको ढाड सेक्ने काम गरेको अनेरास्ववियुको ठहर छ । मुल्य समायोजनको बाहानामा अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढदा बढाउने तर मुल्य घटदा नघटाई निगमका कर्मचारीलाई बोनस र भत्ता दिने गरेकाेमा अनेरास्ववियुले आपत्ती जनाएको छ । निगम निरन्तर घाटामा देखाएर मुल्य बृद्धि गराएको निगमको कार्य प्रति खेद प्रकट गरेको छ । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थ र ग्यासमा मूल्य वृद्धि गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै