नेभिगेशन
राजनिति

प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा ।

प्रधानन्यायाधीश सकारात्मक रहे पनि राजीनामा अस्वीकार


प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सम्मानजनक निकासको लागि तयार रहेको सन्देश पठाएपछि न्यायाधीशहरु छलफलमा जुटेका छन् ।

न्यायाधीश मनोजकुमार शर्मामार्फत प्रधानन्यायाधीश जबराले आफू सम्मानजनक बहिर्गमनको लागि तयार रहेको र केही समय काम गरेर न्यायालयबाट बिदा लिने प्रस्ताव गर्नुभएको हो । तर उहाँले बहिर्गमनको मार्गचित्र र प्रकृतिबारे भने प्रष्ट पार्नुभएको छैन ।

प्रधानन्यायाधीशको प्रस्तावपछि न्यायाधीश शर्मासहित न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल रहेको वार्ता टोली गठन भएको छ । टोलीले हिजो प्रधानन्यायाधीशसँग एक चरण छलफल गरिसकेको छ । प्रधानन्यायाधीशसँगको भेटमा न्यायाधीशहरुले सके तत्काल र नत्र केही समय बिदा बसेर राजीनामा दिन आग्रह गरेका छन् ।

उनीहरुले आजका लागि प्रधानन्यायाधीशले आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशका लागि पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी तोक्न आग्रह गरेका छन् । यसबारे प्रधानन्यायाधीश सकारात्मक रहे पनि राजीनामा दिनुपर्ने आग्रहलाई भने अस्वीकार गर्नुभएको छ ।

न्यायाधीशहरुबीच आज पनि छलफल हुँदैछ । प्रधानन्यायाधीश जबराले केही समय काम गर्ने र त्यसपछि छोड्ने प्रस्ताव गर्नुभएको बुझिएको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम कायमै रहने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै