नेभिगेशन
सुदूरपश्चिम

आफुले बचत फिर्ताको माग राख्दै हुलाक बचत बैङ्कका बचतकर्ताहरु धर्नामा

आफुले बचत गरेको रकम २ बर्ष देखी पाएन

जिल्ला हुलाक कार्यालय बझाङ मार्फत संचालन भएको हुलाक बचत बैङ्कमा बचतकर्ताहरुले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । हुलाक बचत बैङ्कमा आफुले बचत गरेको रकम २ बर्ष देखी नपाएको भन्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी मार्फत बचतकर्ताहरुले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । आफुहरुले बचत गरेको रकम भुक्तानी गरिदिन शुक्रबार ज्ञापन पत्र बुझाएका बचतकर्ताहरुले आईतबार जिल्ला हुलाक कार्यालयमा बचतकर्ताले धर्ना दिएका छन ।

बचतकर्ताहरुले सम्वन्धीत निकायमा पहल गरिदिन आग्रह गर्दै, संघर्ष समितीले ज्ञापन पत्र बुझाएको हो । आफुहरुले खाइ नखाई बैङ्कमा जम्मा गरेको रकम आफुहरुले नपाउदा संघर्ष समिती गठन गरी आन्दोलनका कार्यक्रम अगाडी बढाउन बाध्य भएको संघर्ष समितीका संयोजक खडक बोहराले बताउनु भयो ।

सरकारले यथासिघ्र आफुहरुका माग पुरा गरिदिन पनि आग्रह गरेका छन । तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले १ हजार ७ सय १ जना बचतकर्ताको ५ करोड ७८ लाख ६४ हजार रुपैयाँ अपचलन गरेका थिए । जिल्ला हुलाक कार्यालयका प्रमुख तथा केहि कर्मचारीको मिलोमतोमा बैङ्कमा बचत गरेको करिब ५ करोड रुपैयाँ हिनामिना भएपछि अख्तीयारमा समेत मुद्धा पनि परेको थियो ।

तर अदालतले एक महिना नपुग्दै फागुन १२ गते तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख धरौटी लिएर रिहा गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

हालका वर्षहरूमा, ड्रोन उद्योगले ठूलो फड्को मारेको छ।
स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

एक समय थियो जब मानिसहरूलाई स्मार्टफोन थाहा थिएन र फिचर फोनमा पूरै दिन बिताउने गर्थे ।
बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ ।
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
भर्खरै