नेभिगेशन
सुदूरपश्चिम

एक साता देखि अवरुद्ध जयपृथ्वी राजमार्ग आंशिकरुपमा सुचारु 

बझाङ:एक साता देखि अवरुद्ध जयपृथ्वी राजमार्ग आंशिकरुपमा सुचारु भएको छ । विभिन्न ठाँउमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आंशिक रुपमा सुचारु भए संगै यात्रुहरुलाई राहात भएको छ । जयपृथ्वी राजमार्गको खोडपे बझाङ सडक खण्ड अन्तर्गत विभिन्न ठाँउमा गएको पहिरो पन्छाएपछि केदारस्यूँ गाँउपालिकाको देउरा सम्म साना तथा ठुला सवारीसाधन आउन थालेका छन । केदारस्युँ गाँउपालिकाको नारुगौडा देखि छविसपाथीभेराको जालिङे बगर सम्म साना सवारी संचालन भईरहेका छन ।

सदरमुकाम चैनपुर बाट तमैल सम्म साना ठुला सबै सवारी साधन चल्ने गरी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए । राजमार्गको दुई ठाँउमा ठुलो क्षति भएकाले सडक सुचारु हुन केहि समय लाग्ने भएको छ । यात्रुहरुले विच बाटोमा गाडी परिवर्तन गरेर यात्रा गर्न सकिने अवस्था आएको खडकाको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै