नेभिगेशन
सुदूरपश्चिम

नेपाल वायु सेवा निगम १३ बर्ष पछि बझाङमा,  हवाई भाडा कति ?

बझाङ: नेपाल वायु सेवा निगमले १३ बर्ष पछि फेरी धनगडी बझाङ सेवा सुरु गरेको छ । निगमले २०३५ सालदेखि हप्ताको दुई दिन नेपालगञ्ज–बझाङ, र बझाङ–धनगडि उडान सेवा सुरु गरेको थियो । तत्कालिन साही नेपाल वायु सेवा निगमले २०६५ सालमा जिल्ला सदरमुकाम चैनपुर सम्म यातायातका साधन पुग्न थालेपछि सेवा बन्द गरेको निगमले १३ बर्षपछि पुन सेवा सुरु गरेको हो । जहाज कम भएको र बझाङ सदरमुकाम चैनपुर सम्म सडक सञ्जाल जोडिएपछि उडान सेवा बन्द गरेको  थियो । विमान सेवा बन्द भए पछि  निगमले आफ्ना कर्मचारी लाई नेपालगञ्ज सरुवा थियो ।

नेपाल वायुसेवा निगमले आज धनगढीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान भरेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । निगमले पहिलो उडान धनगढी–दीपायल र दोस्रो उडान धनगढी–बझाङ गरेको छ । बेमौसमी बर्षा संगै आएको बर्षाले निम्त्याएको विपदका कारण पहाडी जिल्लाका राजमार्गहरु पुर्णरुपमा अवरुद्ध छन ।

सडक अवरुद्ध भएपछि यातायात सेवा बन्द भएकाले सस्कृति, पर्यटन तथा नागरि उड्डन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले धनगढीबाट डोटी र बझाङ उडान सुरु गर्न लागेको हो । निगमले धनगढी– दिपायल र धनगढी बझाङको भाडादर सार्वजनिक गरेको छ । धनगढी–बझाङको ३ हजार ९ सय ९५ र बझाङ–धनगढी ३ हजार ८ सय ९५ भाडादर कायम गरेको छ । अहिले समिट एयरलाईन्सले पहाडी जिल्लामा उडान भर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै