नेभिगेशन
सुदूरपश्चिम

जिल्ला अस्पताल बझाङमा विधुत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

बझाङ: जिल्ला अस्पताल बझाङमा विद्युत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । लगातारको बर्षाका कारण गएको बाढीपहिरोले बझाङ जोडने राष्ट्रिय प्रसारण लाईन अवरुद्ध भएको छ । विधुत सेवा अवरुद्ध हुँदा अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता उपकरण सञ्चालन हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन समस्या भएको छ । विद्युत समस्याका कारणले अस्पतालमा आएका सेवाग्राहीहरूलाई तत्काल सेवा दिन असजिलो बन्दै गएको अस्पताल स्रोतले जनाएको छ । 

दैनिक सयौको संख्यामा विरामीहरु अस्पताल आउने गरेको र विधुत नहुँदा बिरामीहरुलाई दिनभर कुराउनु पर्ने अवस्था आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा योगेन्द्र खातीले बताए । उनले भने, ‘विधुत सेवा अवरुद्ध भएको एक हप्ता भन्दा बढी भयो । एक हप्ता देखि अस्पतालमा भएको वैकल्पिक उर्जा जेनेरेटर चलाएर सेवा दिई रहेका छौ । जेनेरेटर चलाउनका लागी डिजेल पनि सकियो । बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल पाउने अवस्था छैन । शुक्रबार देखि सबै सेवा ठप्प भएको छ । अहिले त आकस्मिक सेवा पनि दिन सकिएको छैन । सुत्केरी हुन नसकेका र बाढी पहिरोमा परेकाहरु उपचारका लागी जिल्ला अस्पताल आउने गरेका छन । यस्ता प्रकारका विरामीहरुको शल्यक्रिया गर्नु पर्छ । विधुत सेवा नहँुदा समस्या भएको छ ।’  चैनपुर बजारमा विजुली बलिरहेको रहेको भएपनि संम्वेदनशिल क्षेत्र अस्पतालमा विजुली नभएको र विधुत सेवा सुचारु गर्नका लागी विधुत प्राधिकरण वितरण शाखा चैनपुरमा जानकारी गराएको उनको भनाई छ । 

नेपाल विधुत प्राधिकरणले २ सय किलोवाटको जेउलीगाड जलविधुत आयोजनाबाट जिल्ला सदरमुकाम चैनपुरमा विहिवार साँझ बाट विधुत सेवा सुचारु गरेको छ । विधुत प्राधिकरण वितरण शाखा चैनपुरले विधुतको खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विधुत आपुर्ति गरिरहेको छ । अस्पताल लाईनमा विधुतका पोल ढलेको र केहि स्थानमा मर्मत गनु पर्र्ने भएकाले समय लाग्ने भएका कारण आपुर्ति गर्न नसकिएको विधुत प्राधिकरण वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्र राय यादवले बताए ।

उनले भने, ‘जिल्ला अस्पतालले विधुत आफुर्तिका लागी कार्यालयमा जानकारी गराएको छ । हामीले मर्मतका लागी प्रयास गरिरहेका छौ । अस्पताल लाईनमा पहिराले पोल ढालेको र ट्रान्सफर्मरमा समस्या देखिएको छ । राष्ट्रिय प्रसारण लाईन मर्मतमा अझै समय लाग्ने देखिन्छ । हामी अस्पतालमा पनि सके जति चाँडै यसै लाईन बाट अस्पतालमा विधुत आपुर्ति गर्ने छौ । ’ बैतडीको खोडपे देखि चैनपुर सम्म ६० भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाईन मर्मत गर्न समय लाग्ने देखिन्छ । डडेल्धुरा सम्म सडक खुलि सकेकाले यो हप्ता भित्रै जिल्लाको अवरुद्ध विधुत सेवा सुचारु हुने उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै