नेभिगेशन
सुदूरपश्चिम

 बझाङमा २३ हजार बालबालिकालाई  भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

बझाङ: बझाङमा हजार बालबालिकालाई  भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २२ हजार ९८६ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बझाङका फोकल पर्सन नारायण जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार जिल्ला भरिका ६ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, र एक बर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

जिल्लाभरिमा २० हजार ९८४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागी ४३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य स्वयमसेविका घरदैलोमा आउने भएकाले उमेर समुहका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । हरेक बर्ष कात्तिक ३ र ४ गते हुने यो कार्यक्रम यस बर्ष दसैँ नजिक परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै