नेभिगेशन
सुदूरपश्चिम

बझाङमा आत्महत्या गर्ने दर बढ्दै २४ घण्टा नवित्दै दुई जनाले गरे आत्माहत्या

बझाङ: बझाङमा आत्महत्यादर डरलाग्दो रूपमा बढ्न थलेको छ । पछिल्लो २४ घण्टामा मात्र दुई जनाले आत्माहत्या गरेका छन । सदरमुकाम नजिकै सेती नदीमा हाम फालेर जयपृथ्वी नगरपालिका १० का २८ बर्षिया नवीन सुनार र सुर्मा गाँउपालिका घर कि  १९ वर्षकी सिमा कुमारी बोहराले आत्माहत्या गरेका छन । आत्माहत्याको कारण खुल्न नसकेको र बेपत्ता भएका उनीहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए । उनले भने  ‘हिजो शुक्रवार विहान १० बजे तिर नविन सुनारले र आज शनिवार विहान १० बजे तिर सिमा कुमारी बोहराले सेतीनदीमा हाम फालेर आत्महत्या गरेका छन ।‘ चालु आर्थिक बर्षको साउन यता मात्र १५ जनाले आत्माहत्या गरेको खडकाको भनाई छ । 


बझाङमा पछिल्ला तीन वर्षमा ८१ जनाले आत्माहत्या गरेका छन । आत्महत्या गर्नेमा पुरुष भन्दा महिला बढी छन् । महिलाले आत्महत्या गर्नुको कारण आफूमाथि हुने अन्यायलाई प्रतिरोध गर्न नसक्नु रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार झुण्डिएर, विष सेवन गरी र नदीमा हाम फालेर पछिल्लो तीन बर्ष यता ३८ महिला, १२ बालबालिका र ३१ पुरुष गरी ८१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक बर्षको साउन महिना यता मात्र ९ महिला, १ बालबालिका र ५ पुरुषले आत्माहत्या गरेका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै