नेभिगेशन
सुदूरपश्चिम

बझाङ लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी वर्षा : भीमदत्त राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध

बझाङ:-  बझाङ लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी वर्षा  भईरहेको छ । गएराती देखि भईरहेको बर्षााका कारण सुदुरपश्चिम प्रदेशको मुख्य तथा स सना नदीमा बाढी अाउन सक्ने मौसम पुर्वानुमान माहाशाखाले जनाएको छ ।माहाशाखाका अनुसार रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना छ ।  पर्सि बुधबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले बुधबारसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

लगातारका बर्षाका कारण पहिरोका जाँदा भीमदत्त राजमार्ग बन्द भएको छ । गएराती कैलालीको भासु भीरमा पहिरो खसेपछि पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पानी पर्न नरोकिएकाले पहिरो पन्छाउने काम भैरहेको भएपनि समस्या भैरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन नचल्दा यात्रु तथा सवारी विच बाटोमै अलपत्र परेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै