नेभिगेशन
सुदूरपश्चिम

आजदेखि बझाङका सबै विद्यालय खुल्ने : सुरक्षा मापदण्ड अपनाई भौतिक उपस्थितिमै पठनपाठन हुने

बझाङ: बझाङमा लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयमा आज देखि नियमित पठन पाठन सुचारु हुने भएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सोमबार सदरमुकाम चैनपुरमा बसेको बैठकले आजदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । जिल्लामा कोभिड १९ को संक्रमित दर घटेको छ । पछिल्लो केहिदिन यता सक्रमितको संख्या शुन्य भएको र सबैतिरबाट विद्यालय खुलाउनुपर्ने माग आएपछि सोमबार बसेको बैठकले जिल्लाभरका विद्यालय खोल्ने निर्णय गरेको हो । नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधी २०७८ ले निर्देशित गरे अनुरुप जोखिमको मुल्याकंन गरी कार्यान्वयन गर्न लेखि आएको हुँदा सोहि अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । 

उनले भने ”सबै गाउँपालिकामा कोरोना संक्रमण घट्दो क्रममा रहेको र केहिदिन यता शुन्य संक्रमण भएकाले सबै क्षेत्र खुला रहेको बेला विद्यालय मात्र बन्द गर्न नहुने चौतर्फी दबाब आईरहेको थियो । केहि गाँउपालिकाले अस्तिनै विद्यालय संचालन गर्ने निर्णय गरि पठनपाठन सुरु गरेका थिए ।  जिल्लामा कोरोनाको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने वातावरण तयार भएपछि विद्यालय सुचारु गरिएको हो ।“ कोरोनाको जोखिम कायमै भएकाले विद्यालयमा सुरक्षा मापदण्ड अपनाई पठनपाठन गर्न भनिएको उनको भनाई छ । 

यस्तै जिल्लामा कोभिड १९ को संक्रमण दर घटदै गएको र संक्रमितको संख्या शुन्य रहेको भएपनि छिमेकी जिल्लाबाट आवतजावत गर्ने काम कायम भएकाले संक्रमण फैलन सक्ने भन्दै एलो लकडाउन गर्ने निर्णय भएको हो । भदौ ३० गते सम्म जिल्लाका १२ स्थानिय तह मध्ये साईपाल गाँउपालिका बाहेकका सबै ठाँउमा एलो स्मार्ट लकडाउन हुने भएको छ । कोभिड १९ को जोखिमबाट मुक्त र गाउँपालिकाबासीले कोभिड बिरुद्धको खोप लगाईसकेको हुँदा साईपाल गाँउपालिकामा भने ग्रीन लकडाउन हुने भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै