नेभिगेशन
सुदूरपश्चिम

जिल्ला स्तरिय क्षयरोग कोहर्ट बिश्लेषण तथा बार्षिक समिक्षा गोष्ठि सम्पन्न

बझाङमा जिल्ला स्तरिय क्षयरोग  कोहर्ट बिश्लेषण तथा बार्षिक समिक्षा गोष्ठि कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङ्गको आयोजनामा  जिल्लाका १२ वटेै पालिकाले  प्रतिनिधित्व  हुने गरि आर्थिक बर्ष २०७७।७८ मा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रमहरुको समिक्षा भएको स्वास्थ्य कार्यालय बझाङ्गका क्षयरोग फोकल पर्सन नारायण जोशीले बताउनु भयो । जाेशीका अनुसार बझाङमा क्षयरोगका नयाँ बिरामी पत्ता लाग्ने दर ६७ प्रतिलाख रहेको छ भने बिरामीको  उपचार सफलता दर ८९ प्रतिलाख रहेको छ ।

आर्थिक बर्ष २०७७।७८ मा जम्मा १४९ जना क्षयरोगका बिरामि हरुले जिल्लाका बिभिन्न स्वास्थ्य सस्थाबाट उपचार लिएका छन । बिगत बर्षको तुलनामा यस वर्ष नयाँ बिरामि पत्ता लाग्ने दर १४ प्रतिलाखले बढेको छ।  नेपालले सन २०३५ सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्य लिए पनि समुदायमा क्षयरोगका बिरामि हरु धेरै भएको र  उपचारको दायरा ल्याउन नसक्दा चुनौति थपिएको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीको भनाई छ । समाजमा अपहेलित हुने डरले क्षयरोगका बिरामिहरु अहिले पनि रोग लुकाएर  बस्ने गरेका छन । स्थानिय निकायस‌ग  छलफल गरि लुकेर रहेका बिरामिहरु लाई उपचारको दायरामा ल्याउने किसिममा कार्यक्रमहरु सञ्चालन गरे मात्र लक्ष्यमा पुग्न सकिने जोशीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै