नेभिगेशन
सुदूरपश्चिम

बझाङमा अज्ञात समूहद्धारा सहकारी संस्थाको जिपमा आगजनी 

बझाङ: बझाङमा गएराती अज्ञात समूहले सहकारी संस्थाको जिपमा आगजनी गरेका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आम्धारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताए । गाउँमै पार्किङ गरी राखेको म १ च ७८३  नम्बरको जीपमा गए राति आगजनी भएको छ । वडाध्यक्ष सिंहका अनुसार जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजनी गरिएको छ । 

आईतवार राति करिब १२ बजे तिर जिपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ ।  आगजनीबाट जिपको अगाडीको सिट र पछाडिको पूरै भाग जलेर क्षति भएको छ । जीपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा खोज तलासी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै