नेभिगेशन
सुदूरपश्चिम

बझाङमा आत्माहत्याका घटना बर्षेनि बढदै

बझाङ – बझाङमा आत्माहत्याका घटना बर्षेनि बढिरहेका छन । आत्माहत्या गर्नेमा बढी जसो महिला रहेका छन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा १२ जनाले‚ आर्थिक वर्ष २०७६/०७७ मा २४ जनाले र आर्थिक वर्ष २०७७/०७८ मा ३३ जनाले आत्मा हत्या गरेका छन ।     

आफूमाथि हुने घरायसी, आर्थिक तथा मानसिक हिंसाका कारण महिलाहरूले आत्महत्या गर्ने गरेको महिला आवास गृहकी प्रमुख गीता शाही काे भनाई छ । महिलाहरूले आफु माथि हुने घरेलु हिंसा हन नसक्ने र कानुनी उपचारकाे बाटोमा नलाग्ने भएका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुने गरेको उनको भनाई छ । 

महिलाले आत्महत्या गर्नुको कारण आफुमाथी हुने अन्यायलाई  प्रतिरोध गर्न नसक्नु रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  प्रहरी नायब उपरीक्षक रूपक खड्काकाे भनाई छ । आफूमाथि भएको हिंसा तथा पीडालाई आफन्त, छिमेकी वा माइतीमा सुनाउदा समेत भएको घरबार बिगार्नु हुँदैन, मिलेर बस्नुपर्छ जस्ता सुझाव दिने गरेको र दैनिक हिंसा सहन नसकि आत्महत्याको बाटो रोज्ने गरेको उनकाे भनाइ छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै