नेभिगेशन
सुदूरपश्चिम

बझाङका स्थानीय तह राजश्वका भोका, भारतबाट आएकाहरु क्वारेन्टाइन छोडेर सिधै लेकतिर 

त्रासमा साइपालबासी

बझाङ : यार्सा संकलन गर्ने सिजन सुरु  भएसँगै बझाङमा यतिबेला संकलकहरु लेकतिर जान थालेका छन् । जिल्लाका तीन वटा पालिका बुङ्गल नगरपालिका, सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाका लेकहरुमा यतिबेला यार्सा संकलन गर्नेहरुको भीड रहेको छ । जिल्लाभित्र र जिल्ला बाहिरका हजारौं संकलकहरु यार्सा संकलनका लागि ती पालिकाका लेकहरुमा जाने गर्दछन् । साइपाल गाँउपालिकाको माझा, कालापानी, राइढुङ्गी, साइपाल लगाएतका वनमा यार्सा संकलनका लागि हजारौं संकलकहरु लेकतिर गएको साइपाल गाँउपालिका वडा नं. १ का बसन्त बोहराले बताउनुभयो । 

बैसाखदेखि साउन महिनाको पहिलो सातासम्म यार्सा संकलन गर्ने सिजन रहन्छ । चैत्रको अन्तिम सातादेखि नै जिल्लामा कोरोना संक्रमण देखिएको र भारतबाट आएर क्वारेन्टाइनमा नबसेका तथा क्वारेन्टाइनबाट भागेर यार्सा संकलन गर्न आउने गरेको स्थानीय बसन्त बोहराले बताउनुभयो । जिल्लाका अन्य पालिका, जिल्ला बाहिर र भारतबाट आएर सिधै यार्सा संकलनको लागि गाँउपालिका छिर्ने गरेकाले यसले साइपाल गाँउपालिकामासमेत कोरोनाको जोखिम बढाएको बोहराले बताउनुभयो । 

“महामारीको रुप लिएको कोरोनाबाट गाउँपालिकालाई सुरक्षित राख्नुको साँटो गाउँपालिकाले समयमै कुनै पनि निर्णय लिन सकेन । गाँउपालिकाले पालिकालाई सुरक्षित राख्नको लागि पहल थाल्नुपर्नेमा उल्टै पालिकाले राजश्वको लोभ गरेको छ ।” बोहराले बताउनुभयो । गाउँलाई सुरक्षित राख्नका लागि गाउँपालिकाले यार्सा संकलनका लागि पालिका भित्रनेहरुको पिसिआर रिर्पोट अनिवार्य गर्नुपर्ने बाहोराको भनाई छ । 

यता गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले स्थानीयहरुको समस्यालाई बुझेर यार्सा संकलनको व्यवस्था गरिएको बताउनुभयो । सवैको पिसिआर रिर्पोट परिक्षण गराउन भुगोलको समस्या भएकाले यार्सा संकलकहरुलाई सहज वातावरण मिलाएको अध्यक्ष धामीको भनाई छ । साइपाल गाँउपालिकाभित्र यार्सा संकलन गर्न आउनेहरुका लागि गाउँपालिकाको दुई स्थानमा हेल्थडेस्क राखिएको र त्यहाँ सामान्य खालको ज्वरो परिक्षण गरि यार्सा संकलन गर्नको लागि अनुमति दिने गरेको छ । 

साइपाल गाउँपालिकाका दुई स्थानमा गाउँपालिकाले यार्सा संकलकबाट राजश्व संकलन गर्ने व्यवस्था मिलाएको छ । वडा नं. १ र २ को धलौनमा र वडा नं. ५ को वलौडीमा यार्सा संकलकहरुका लागि हेल्थडेस्क र राजस्व संकलन काउन्टर राखिएको छ । यार्सा संकलनको लागि बाहिरी पालिकाबाट संकलकहरु आउने गरेका छन् भने साइपाल गाँउपालिकाभित्रका करिब ७५ प्रतिशत यार्सा संकलनका लागि लेकतिर जाने गरेको साइपाल गाउँपालिका वडा नं. २ मा स्थापना गरिएको हेल्थडेस्कका प्रतिनिधि नरेन्द्र धामीले बताउनुभयो । कोरोना महामारीका बेला सचेतना नअपनाएर बाहिरी जिल्लाका यार्सा संकलकलाई संकलनको अनुमति दिएर गाउँपालिकामा जोखिम बढाएको साइपाल गाउँपालिका -४ धुलीकी रमीला बोहराले बताउनुभयो । 

वर्षेनी साइपाल गाउँपालिकामा यार्सा संकलनका लागि मात्र ५देखि ७ हजार संकलकहरु जाने गरेको भए पनि यस सिजनमा यो संख्या ४० देखि ५० प्रतिशतले घटेको गाउँपालिका अध्यक्ष राजेन्द्र बोहराले बताउँछन् । कोरोनाको जोखिम बढेको र धेरैजसो मानिस जिल्ला भित्रन नपाएका कारण यार्सा संकलन गर्न जानेहरुको संख्यामा कमी आएको उहाँको छ । आर्थिक बर्ष २०७६-०७७ मा पनि कोरोना महामारीले विकराल रुप लिने भन्दै गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले यार्सा संकलनमा रोक लगाएको थियो । दोस्रो लहरमा फैलिएको कोरोना महामारी पहिलो भेरियन्टको भन्दा तीन गुणा बढी जोखिमयुक्त भए पनि सम्बन्धित निकायको यसमा ध्यान जान सकेको छैन । 

साइपालमा महामारीको डर

स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख भानु जोशीले भने साइपालमा यार्सा संकलन गर्न गएकाहरुबाट जोखिम बढेको बताउनुभयो । गाउँपालिकाले सुरुदेखि नै साइपाल र सुर्मा गाउँपालिकामा यार्सा संकलनका लागि रोक लगाउनुपर्ने भए पनि गाउँपालिकाले त्यसो नगरेका कारण गाउँपालिकामा जोखिम बढेको उहाँको भनाई छ। कतिपय व्यक्ति भारत लगाएतका अन्य मुलुकबाट आएका र सिधै विना परिक्षण यार्सा संकलनका लागि गएको बताउँदै स्वास्थ्य कार्यालय प्रमुख जोशीले विना जाँच प्रवेश गर्न दिए महामारीको रुप लिनसक्ने आँकलन गर्नुभयो । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको वैठकबाट साइपाल लगायतका यार्सा संकलन हुने क्षेत्रमा कोरोनाको जस्तै लक्षण देखिने वित्तिकै एन्टिजेन प्रविधीबाट कोरोना परिक्षण गर्ने र बाँकी सम्पूर्ण जिम्मेवारी गाँउपालिकाले लिनुपर्ने स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताउनुभयो ।

यता यार्सा संकलन हुने क्षेत्र साइपाल र सुर्मा गाउँपालिकाका जनप्रतिनिधीहरुले प्रशासनमा कुनै जानकारी नगराएका कारण संकलकहरुलाई रोक्न नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । चैत्रको अन्तिमबाट नै यार्सा संकलन गर्न गएको भए पनि गाउँपालिकाले जानकारी नगरेका कारण साइपाल र सुर्मामा यार्सा संकलन गर्न गएकाहरुलाई अफ्ठ्यारो पर्दा गाँउपालिकाले नै व्यवस्थापन गर्ने सहमतीमा यस पटक यार्सा संकलन गर्न दिइने समेत प्रजिअ अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै