नेभिगेशन
समाचार

बझाङमा नेपाल टेलिकमको इन्टरनेट कछुवा गतिमा

बझाङ सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको इन्टरनेट सेवा सुस्त गतिमा सञ्चालन भइरहेको उपभोक्ताहरूले गुनासो गरिरहेका छन्। टेलिकमले फाइबर इन्टरनेट र 4G मोबाइल डेटा सेवा उपलब्ध गराइरहेको भए पनि, दुबै सेवाको गति अपेक्षाकृत रूपमा कमजोर रहेको उपभोक्ताहरूको भनाइ छ।  

हाल ५ हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको यस क्षेत्रमा नेपाल टेलिकमले Band 3 (1800 MHz) मा 4G LTE सेवा प्रदान गरिरहेको छ। नेटवर्क जानकारी अनुसार, १० MHz ब्यान्डविथमा अधिकतम ७५ Mbps डाउनलोड र २५ Mbps अपलोड गति दिन सक्ने भए पनि, व्यावहारिक रूपमा सो गति प्राप्त हुन सकेको छैन।  
प्राविधिक रूपमा, १० MHz ब्यान्डविथको LTE नेटवर्कले अधिकतम १००-२०० प्रयोगकर्तासम्म राम्रो सेवा दिन सक्ने देखिन्छ। तर, चैनपुरमा हजारौं प्रयोगकर्ताले मोबाइल डेटा प्रयोग गर्ने हुँदा नेटवर्क अत्यधिक लोड भएर गतिको गिरावट आएको हो। खासगरी एकै समयमा धेरै प्रयोगकर्ताले डेटा चलाउँदा गतिको समस्या झन् बढ्ने गरेको छ।  

नेपाल टेलिकमले चैनपुरमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराए पनि गति निकै कम रहेको गुनासो छ। फाइबर नेटवर्कमा पनि ब्याकहौल क्षमताको कमी, पुरानो संरचना, र अत्यधिक प्रयोगकर्ताको लोडका कारण इन्टरनेट सेवा सुस्त गतिमा सञ्चालन भइरहेको हो।   मोबाइल नेटवर्क सुधारका लागि नेपाल टेलिकमले अतिरिक्त स्पेक्ट्रम ब्यान्ड थप्नुपर्ने देखिएको प्रयोगकर्ताहरुको भनाई छ ।  

मष्टा घर भइ हाल चैनपुर व्यापार व्यवसाय गर्दै आउनुभएका भुपेन्द्र खड्काले फाइबर नेटवर्कको ब्याकहौल क्षमतामा सुधार गरी इन्टरनेट गतिलाई बढाउनुपर्ने बताए ।  यस्तै नेपाल टेलिकम बझाङ शाखाका प्रमुख बमबहादुर सिंह मोबाइल नेटवर्कको लोड कम गर्न 5G प्रविधि वा अतिरिक्त टावरहरूको स्थापनाको आवश्यक रहेको बताउँछन् । उनले माथिल्लो निकायमा जानकारी गराए पनि सुनुवाइ नहुने गरेको उल्टै गुनासो गरे । नेपाल टेलिकमले तत्काल सेवा सुधार नगरे, उपभोक्ताहरू निजी सेवा प्रदायकतर्फ आकर्षित हुने सम्भावना रहेको अर्का सेवाग्राही सिजन थापाले बताए। चैनपुर र आसपासका बासिन्दाले  उच्चगति इन्टरनेटको व्यवस्था मिलाइदिन नेपाल टेलिकमलाई आग्रह गरेका छन् । यस्तै बझाङका ग्रामिण भेगमा झनै समस्या देखिएको छ । बझाङका १२ स्थानीय तहमा २५ वटा नेपाल टेलिकमका टावर सञ्चालनमा भए पनि अझैं कतिपय गाउँ सञ्चार सम्पर्कबाट बाहिर छन् । भौगोलिक अवस्था, सोलार सिस्टममा आधारित टावर हुनु, कमजोर ब्यान्डविथ हुनुले सेवाग्राहीले हैरानी भोग्नु परिरहेको छ । कतिपय टावरमा विद्युत विस्तार गर्न सकिने अवस्था भए पनि टेलिकमले विद्युत विस्तार नगरेको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिजय धामी गुनासो गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै