नेभिगेशन
समाचार

नेकपा माओवादी केन्द्र मष्टा गाउँ कमिटीले  पूर्णता पायो 

नेकपा माओवादी केन्द्र मष्टा गाउँ कमिटीले औपचारिक रूपमा पूर्णता पायको  छ। मिति २०८१ मंसिर २७ गते सम्पन्न तेस्रो गाउँ सम्मेलनले पदाधिकारी चयन नगरी ४५ सदस्यीय गाउँ कमिटी गठन गरेको थियो।

शनिबार बसेको पहिलो बैठकले कमिटीको नेतृत्व चयन गरेको छ। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य संकलाल द्वालले गर्नु भएको थियो भने प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बझाङ जिल्ला संयोजक रतन सिंह, विशिष्ट अतिथि जिल्ला सचिव नन्दलाल धामी, प्रदेश समिति सदस्यहरू हरिलाल धामी र शिवराज बोहराको उपस्थिति रहेको थियो।

बैठकले रामचन्द्र रोकायाको अध्यक्षतामा गाउँ कमिटी गठन गरेको हो। यस्तै अन्य पदाधिकारी उपाध्यक्ष गोरख बोहरा, धन बिक, वीर ब. बोहरा सचिव मदन कठायत, सह-सचिव सुरेन्द्र खड्का र कोषाध्यक्ष लक्ष्मी कठायत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष रामचन्द्र रोकायाले पार्टीलाई गाउँस्तरमा अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बैठकले आगामी योजनाबारे छलफल गर्दै गाउँस्तरीय कार्यहरूलाई प्राथमिकता दिने निर्णय  समेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै