नेभिगेशन
समाचार

छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ बस्ने कलक धामीमाथि कार्यालयमा सुतिरहेको अवस्थामा सामूहिक आक्रमण भएको छ। घटना हिजो बेलुकी करिब ७:३० बजे भएको हो। वडा कार्यालयमा खाना खाएर सुतिरहेका धामीमाथि ६/७ जनाको समूहमा आएका व्यक्तिहरूले बाहिरबाट गालीगलौज गर्दै कार्यालयको छतबाट हाम फालेर सांघातिक आक्रमण गरेका हुन्।

आक्रमणकारीहरूमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ बान्निकोटका गगन बोहोरा (अन्दाजी ३५ वर्ष), बर्ख बोहोरा (३२ वर्ष), हिक्मत बोहोरा (२८ वर्ष), सञ्जय बोहोरा (२५ वर्ष) र सुरेश बोहोरा (२४ वर्ष) रहेको खुलेको छ। उनीहरूलाई कोट चौघानपाटा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।

आक्रमणमा घाइते भएका धामीको दाँत, नाक, मुख र हातमा चोटपटक लागेको छ। उनको हाल जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै