नेभिगेशन
समाचार

यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको रात्रिबस डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।  अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी २ दिनको नाबालकको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–३ बस्ने २ दिनको नाबालक रहेको प्रहरी निरीक्षक बमले जानकारी दिए। नाबालक २० वर्षीया कमला बोहराको छोरा रहेको र कमलाको पनि मृत्यु भइसकेको बमले जनाकारी दिए।

अन्य मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–३ बस्ने ४५ वर्षीया जैमती बोहरा र सोही ठाउँका सहदेव बोहरा रहेका छन्। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बमले बताए। यस्तै घाइते हुनेमा बस चालक पुर्चौडी नगरपालिका–८ बस्ने २४ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्।

बोहाराको दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था सिरियस रहेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ बस्ने २१ वर्षीय मुकुन्द बोहरा घाईते भएका छन्। यी दुबै जनालाई थप उपचारको लागि धनगढी ल्याइएको छ।

अन्य घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–७ बस्ने २४ वर्षीय नवराज साउँद, पुर्चौडी नगरपालिका–६ बस्ने २४ वर्षीय राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने ६५ वर्षीया धनमति साउँद, पुर्चौडी नगरपालिका–८ बस्ने  ४२ वर्षीय पदमबहादुर बोहरा, पुर्चौडी नगरपालिका–७ बस्ने २८ वर्षीय नवराज सिंह रतुकी, सोही ठाउँका २० वर्षीय सुरेन्द्र रतुकी, पुर्चौडी नगरपालिका–१० बस्ने ४० वर्षीय दामोदर महरा, पुर्चौडी नगरपालिका–१० बस्ने २६ वर्षीय धनबहादुर महरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने २५ वर्षीय दिनेश साँउद र दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३५ वर्षीया बिमला महता घाईते भएका छन्।  यी १० जना घाईतेहरुकोे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको टोली परिचालित रहेको छ। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखान स्थित महेन्द्रनगरबाट बैतडी पुर्चौडि तर्फ जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना भएको छ। बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै