नेभिगेशन
समाचार

जापानमा गठन भयो बझाङी समाज जापान, ठगी गर्नेलाई निरुत्साहित गर्दै आपतमा परेकालाई सहयोग गर्ने

बझाङ घर भइ हाल जापान बस्दै आएका युवाहरुले बझाङ्गी समाज जापान नामक संगठन स्थापना गरेका छन् । हाम्रो बझाङ राम्रो बझाङ भन्ने नाराका साथका जापानमा रहेका बझाङी युवाहरुले गत अक्टोबर १३ तारिख आइतबारका दिन रमेश थापा अध्यक्ष रहने गरि ११ सदस्यीय बझाङ्गी समाज जापान नामक स‌ंगठन स्थापना गरेका हुन् ।  

दशैंको अवसर पारि भेला भएका युवाहरुले संगठन स्थापना गरि एक दशकको अन्तरालमा लगभग १ लाखको हाराहारीमा जापानमा विभिन्न भिजामा जापान भित्रिने युवाहरु आफूहरुले सिकेका जापानीज रुल रेगुलेसन, टाईमटेबुल तथा जापानको कल्चरकोबारे सिकाउने प्रयास गर्दै विद्यार्थी, SSW, गिनो जिसिस्यो, तोकु तेइगिनो तथा डिपेन्डेन्ट भिषामा जापान पुगेर हुने काम तथा भाषाको बारेमा सक्दो सहयोग गर्ने, नेपालीले नेपालीलाई नै गर्ने विभिन्न किसिमका ठग तथा धन्दाको प्रतिकारसहित कानुनी कार्बाहीका निम्ती कठोर बन्ने, विभिन्न चाडपर्ब तथा राम्रा संस्कृतिको जगेर्नाका निमित्त भेलामा चिनजान माया ममताको आदानप्रदानका लागि विभिन्न कार्यक्रम आयोजना गरी मनोरञ्जन गर्ने भूमिका खेल्ने बताएका छन् । जापानको इतिहासमा पहिलो पटक करिब ३० जनाको उत्साहजनक जनसहभागीतामा संगठन स्थापना भएको हो। 

बझाङ्गी समाज जापानको अध्यक्षमा रमेश थापा (खप्तडछान्ना -२ ) सहित उपाध्यक्षमा प्रकास जंग सिंह ( जयपृथ्वी न .पा.),  महासचिवमा जनकराज मण्डेल (छबिसपाथिभेरा गा.पा ), सचिवमा चादनी महर (जयपृथ्वी न.पा.), कोषाध्यक्षमा सृजना महर कठायत (खप्तड छान्ना गा.पा ), सदस्यहरु लक्ष्मी भण्डारी ( केदारस्युँ गा.पा ), सूर्यप्रकास उपाध्याय ( थलारा गा.पा. ),  प्रवेश धामी (साईपाल गा.पा. ), प्रकाश कठायत (मस्टा गा.पा.), जयबहादुर सिंह  ( जयपृथ्वी न .पा.), उर्मिला शार्की (छबिसपाथिभेरा गा .पा.), बिबेक थापा  (खप्तड छान्ना गा.पा. ) चयन हुनुभएको छ। यस्तै सल्लाहकार समितिमा विष्णु रसाईली ( थलारा गा.पा ), प्रभु रोकाया (जिमाल) (खप्तड छान्ना गा.पा ), सिद्धराज कठायत (खप्तड छान्ना गा.पा ), महेश रावल  (छबिसपाथिभेरा गा.पा.) चयन हुनुभएको छ । कार्यक्रममा सुदूरपश्चिम समाजको अध्यक्ष बिकाश रोकाया तथा कोषाअध्यक्ष सुमित रोकायाको पनि सहभागीता रहेको थियो । 

दुबै जनाले बझाङ्गी समाज जापानलाई सुभकामना व्यक्त गर्नुहुँदै सुदूरपश्चिम समाज र बझाङ्गी समाजको सदैव सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष रमेश थापाले आफूलाई अध्यक्षमा चयन गरेकोमा खुशी व्यक्त गर्नुहुँदै यस बझाङ्गी समाज जापानले बझाङमा हुने आपतविपतमा सघाउने र जापानमा पनि बझाङी युवाहरुलाई सघाउने बताउनुभयो । थापा पहिलेदेखि जापानमा रहेर बझाङका आपतविपतमा सघाउदै आउनुभएको थियो । 

japan-1729052185.jpg

japan-2-1729052184.jpg

japan-4-1729052184.jpg

japan-2-1729052097.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै