नेभिगेशन
सुदूरपश्चिम
छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान

छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान

लक्ष्मी लघुवित्त वित्तीय संस्था चैनपुर शाखाद्वारा संस्थामा आवद्ध सदस्य मध्ये शारदा देवी सिंहको छोरा विमल सिंहलाई छात्रवृत्ति प्रदान गरेको छ । २०८० सालमा एसईई उत्तिर्ण गरेका बिमल सिंहलाई उच्च शिक्षा अध्ययनका लागि संस्थाले आज आर्थिक सहयोग गरेको हो ।   

जयपृथ्वी नगरपालिका वडा नं.–६, निवासी संस्थामा आवद्ध सदस्य सिंहको आर्थिक अवस्था कमजोर हुँदा छोरालाई उच्च शिक्षा पढाउन कठिन भएकोले उच्च शिक्षा अध्ययनको लागि संस्थाले सानो सहयोग छात्रवृत्ति रकम वडाध्यक्ष नरेन्द्र सिंह द्धारा चेक हस्तानतरण गरेको छ। छात्रावृत्ति बाफतको रकम हस्तान्तरण गर्दै जयपृथ्वी नगरपालिका वडा नम्बर -६ का वडाध्यक्ष नरेन्द्र सिंहले लघुवित्त वित्तीय संस्थाहरुले समुदायस्तरमा निकै सहुलियत प्रदान गर्दै आइरहेको बताए ।

 “लघुवित्त वित्तीय संस्थाहरुले समाजमा निकै सहुलियत प्रदान गर्दै आइरहेका छन्,वडाध्यक्ष सिंहले भने,लघुवित्तहरुले राम्रो सेवा प्रदान गरिरहेको भएपनि अहिले धेरै ठाउँहरुमा गलत प्रचार भइरहेको छ,गलत प्रचार कुनै पनि प्रकारले गरिनुहुँदैन ।” लघुवित्त वित्तीय संस्थाहरु गरिब तथा विपन्न वर्गका जनताहरुको सेवक रहेको उनले बताए । वडाध्यक्ष सिंहले छात्रावृत्ति वापतको रकम घरसम्मै  उपलब्ध गराएकोमा संस्था तथा शाखा कार्यालयका कर्मचारीहरुलाई धन्यबाद समेत दिए ।

केन्द्र तथा समुहमा आबद्ध सदस्य तथा सदस्यका अभिभावक बीच वित्तीय साक्षरता सम्बन्धी जानकारी पनि शाखाको शाखा प्रबन्धक सुमन राना द्वारा गराइएको छ।संस्थाले सदस्यहरुलाई कर्जा मात्रै लगानी नगरी सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न तालिम, अभिमुखिकरण, वित्तीय साक्षरता, गोष्ठी समेत सञ्चालन गर्दै आएको संस्थाका कर्मचारी जितेन्द्र प्रसाद जैसीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै