नेभिगेशन
सुदूरपश्चिम

मानसिक स्वास्थ्य मोडुल दुई अन्तरगत ६ दिने तालिम झोतामा सुरु

मानसिक स्वास्थ्य मोडुल दुई अन्र्तगतको ६ दिने तालिम आजबाट केदारस्यूँ गाउँपालिकाको झोतामा सुरु भएको छ । युएमएनको आर्थिक सहयोग तथा दलित सहयोग समाजको आयोजनामा जिल्लाको थलारा गाउँपालिका र बुंगल नगरपालिकामा रहेका १० वटा स्वास्थ्य चौकीका इन्चार्ज र अन्य स्वास्थ्यकर्मीहरुका लागी उक्त तालिम संञ्चालन भएको दलित सहयोग समाज अन्र्तगतको मानसिक स्वास्थ्य परियोजनाका कार्यक्रम संयोजक विष्ना बमले जनाकारी दिनुभयो । 
मानसिक स्वास्थ्य समस्या पहिचान गर्ने, मानसिक स्वास्थय समस्या भएका व्यक्तिको पहिचान गर्ने, मानसिक स्वास्थ्य समस्या रहेको १३ प्रतिशत भारलाई कम गर्ने, स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेका व्यक्तिहरुलाई थप उपचारका लागी रिफर गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । दलित सहयोग समाजका अधयक्ष मोहनलाल विकको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा मनोचिकित्सक दमौली अस्पताल तनहुँका कार्यरत डा. गीता सुवेदी, रिचा सिन्हले प्रशिक्षण दिइराख्नु भएको छ । 
आजबाट सुरु भएको उक्त तालिम यही असार १६ गतेसम्म संञ्चालन हुने र सहभागीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिइने परियोजना संयोजक बमले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै