नेभिगेशन
सुदूरपश्चिम

साइपाल गाउँपालिकाले संञ्चालन गरेको क्षमता अभिवृद्धी तालिम सम्पन्न

बझाङ । साइपाल गाउँपालिकाले संञ्चालन गरेको क्षमता अभिवृद्धी तालिम आज सम्पन्न भएको छ । साइपाल गाउँपालिकामा रहेका मेलमिलाप कार्यकर्ता तथा न्यायिक समितीका रहेका जनप्रतिनिधीहरुका लागि आयोजना गरिएको चार दिने क्षमता अभिवृद्धी तालिम आज (बिहीबार) सम्पन्न भएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो । 
गाउँपालिकाका सवै वडामा गठन गरिएका मेलमिलाप समुहमा रहेका मेलमिलाप कार्यकर्ताहरुको क्षमता अभिवृद्धी गर्ने र गाउँघरमा हुने सामान्य खालका विवादका घटनाहरुलाई वडास्तरमा नै समाधान दिनेगरी गठन गरिएको मेलमिलाप समुहमा रहेका मेलमिलाप कार्यकर्ताहरुका लागी उक्त तालिमको आयोजना गरिएको उपाध्यक्ष तामाङले बताउनुभयो । तालिम पश्चात् पालिकामा आउने सामान्य विवादका घटनाहरु वडास्तरमा नै समाधान हुने अपेक्षा गाउँपालिकाले लिएको उहाँले बताउनुभयो । साइपाल गाउँपालिकामा रहेका ५ वटा वडाका १५ जना मेलमिलाप कार्यकर्ता तीन वटा माध्यामिक विद्यालयमा रहेका एक एक जना शिक्षकलाई उक्त क्षमता अभिवृद्धी तालिम दिइएको हो । 
चार दिनसम्म संञ्चालन भएको उक्त तालिममा अधिवक्ता पदम पाल र रमेश बोहराले सहजीकरण गर्नुभएको थियो, भने क्षमता अभिबृद्धी तालिमको आयोजना साइपाल गाउँपालिकाले गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै