नेभिगेशन
सुदूरपश्चिम

सामाजिक विकास कार्यालयले विद्यार्थी भर्ना अभियान संञ्चालन गर्ने 

रिदम सिंह, बझाङ । सामाजिक विकास कार्यालय बझाङको आयोजनामा आज (बिहिबार) शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी भर्ना अभियान सम्बन्धी जिल्लास्तरीय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । सवै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ उक्त अन्र्तक्रिया कार्यक्रम गरिएको हो । 
जिल्लामा रहेका कुनै पनि बालबालिकाहरु शिक्षाको पहुँचभन्दा बाहिर रहनु नपरोस् र शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालकालिकाहरुको खोजीका लागी जिल्लामा रहेका पत्रकार तथा संञ्चारकर्मीहरुसँग अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्य इकाई बझाङका कार्यालय प्रमुख सुरेन्द्र कठायतले आधारभुत शिक्षा पाउनु सवै बालबालिकाको नैंसगिक अधिकार भएका कारण कोही पनि बालबालिका गरिबी, शाररिक अशक्तता तथा पारिवारिक समस्याका कारण विद्यालय जान पाउने अधिकारबाट वञ्चित हुन नपर्ने बताउनुभयो । बालबालिलाई विद्यालयमा भर्ना गर्ने राष्ट्रिय अभियान भएका कारण सवैले हातेमालो गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो । 
यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जोशीले विद्यालय जाने उमेरका सवै बालबालिकाको भर्नाका लागि समुदायमा उत्प्रेरणा प्रदान गर्नका लागि सामाजिक विकास कार्यालयले विभिन्न गतिविधी संञ्चालन गर्ने बताउनुभयो । शारिरिक अपाङ्गता तथा आर्थिक स्थिती कमजोर भएकै कारण बालबालिका विद्यालय जान नपाउने अवस्था भएको खण्डमा उनीहरुको शिक्षामा पहुँच पुर्याउन सामाजिक विकास कार्यालयले सहयोग गर्ने जोशीले बताउनुभयो । 
यस्तै जिल्लास्तरीय अन्र्तक्रिया कार्यक्रमबाट विभिन्न निर्णयहरु समेत गरिएका छन् । सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी भर्ना अभियानलाई संञ्चालन गर्न सम्पूर्ण पालिका, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालयलाई अनुरोध गर्ने, बैशाख पहिलो हप्ता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम गर्ने र दोस्रो हप्तादेखी घरदैलो अभियान संञ्चालन गरी अभिभावकहरुलाई बालबालिका भर्नाका लागि विभिन्न माध्यमबाट आग्रह गर्ने, विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिका, सीमान्तमृत समुदायका बालबालिका, तथा अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउन सार्वजनिक जीवनमा रहेका व्यक्तिहरुलाई आग्रह गर्ने, बालबालिका भर्ना अभियानलाई सफल बनाउन जिल्लास्थित सम्पूर्ण संञ्चार क्षेत्रलाई परिचलान गर्ने लगाएतका निर्णय भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै