नेभिगेशन
राजनिति

दुर्गाथली -३ रकैलमा घरमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण

दुर्गाथली गाउँपालिका वडा नम्बर -३ अन्तर्गत रकैल टोलमा अपाङ्गता भएका व्यक्तिहरु राहात एवं सहयोगी सामाग्री वितरण गरिएको छ । सोमबार  वडाको रकैल टोलमा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त सामाग्री वितरण गरिएको हो । स्थानीय पुजा धामी, दिनेश धामी, ऐनु धामी ,सीता देवि धामी, सुशील पार्की, आशिष पार्की, हरि धामी र नवराज धामी गरि जम्मा आठ जनालाई सामान वितरण गरिएको वडा नम्बर -३ का वडा अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

८ जनामध्ये एक जनालाई रेडियो र अरुलाई तातो कपडा वितरण गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'हामीले यसपटक  वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै राहात दिएका छौं । यो राहात गाउँपालिकाको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाबाट वितरण गरेको हो । अब केहि दिनमा वडाको तर्फबाट पनि सामान वितरण तथा सहयोग गर्ने वडाको योजना छ । हामीले अपाङ्ग परिचय पत्र पनि घरमै पुगेर उपलब्ध गराएका छौं । अझै वडाले गर्ने काममा म पनि लागि परेको छु ।'

dddd1706594844.jpg

थप्दै उहाँले भन्नुभयो, 'मैले वडाबाट वडाबासीको आवश्यकता अनुसार वडाले भ्याउने जति काम गर्न म तयार छु ।'

वडाबाट आफूहरुलाई यसरी सहयोग गरेपछि धेरै खुशी लागेको स्थानीय हरि धामीले बताउनुभएको छ । आफूजस्ता धेरै मान्छेहरुलाई वडाबाट सामातिना कुरामा पनि साथ दिएपछि निकै हौसला बढेको उहाँको भनाई छ । 

घरमै पुगेर वडाको टोलीले अपाङ्ग, बालबालिका, एकल महिला, जेष्ठ नागरीकहरुलाई वृद्धभत्ता लगायत अनुदान र राहातका सामाग्रीहरु हस्तान्त्रण गर्नथाले पछि आफुहरुलाई ठूलो राहात पुगेको स्थानियले बताएका छन् । वडाका जनताका चाहाना अनुशारका अन्य कामहरु पनि भइरहेका भन्दै वडाबासीले खुसी व्यक्त गरेका छन् । 

tttttt1706594905.jpg

अबको केहि दिनमा पालिका भित्रका अपाङ्ग भएका सबै व्यत्तिहरुलाई राहात वितरण गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।  राहात वितरण कार्यक्रममा पालिकाको टोली सम्पर्क कार्यालय रकैल पुगेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै