नेभिगेशन
सुदूरपश्चिम

त्रिभुवन प्राथमिक विद्यालय पिखेतको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार रोकाया 

पत्रकार महासंघ बझाङका निवर्तमान अध्यक्ष जगदिश रोकाया त्रिभुवन प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका छन । थलारा गाउँपालिका वडा नं ६ पिखेतमा रहेको त्रिभुवन प्राथमिक विद्यालयको अभिभावक भेलाले रोकायालाई सर्वसम्मतले अध्यक्षमा चयन गरेका हुन । आज बसेको अभिभावकहरुको भेलाले दिल बहादुर रोकाया, तेज रोकाया, काली देवी रोकाया, तुलछि देवी रोकाया, हिमा बिष्टलाई सदस्यमा चयन गरेका छन । 
रोकायाले विद्यालय शिक्षाको सुरुवात सोहि विद्यालयबाट गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष जगदिश रोकायाले पत्रकारिता क्षेत्रबाट जिल्लाको शैक्षिक अवस्थाको बारेमा नजिक बाट नियाल्न पाएकाले विद्यालयको शैक्षिक सुधारका लागी सबै संग हातेमालो गरेर अघि बढने बताउनु भयो । विद्यार्थीको गुुणस्तरिय शिक्षाका लागी आफुले अभिभावकका माझमा छलफल गर्ने बताउदै आजका बालबालीका भोलीको समाज सुधारका सम्वाहक भएकाले गुुणस्तरिय शिक्षानै सामाजिक रुपान्तरणको आधार भएको बताउनु भयो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै