नेभिगेशन
सुदूरपश्चिम

छबिसपाथीभेराका दुई बालकले अभिभावक र प्रहरीलाई झुक्याए, कुटपिट गरी पेट्रोल फाली जलाएको खबर झुटो

कुटपिट गरी पेट्रोल फाली जलाएको झुटो

बझाङको छबिसपाथीभेरा गाउँपालिकाका दुई बालकले आप्नना अभिभावकलाई झुक्याएका छन । भाडे बजार बाट १० लिटर पेट्रोल किनेर घर जाने बेला दुबै जनाले आफुहरुलाई कुटपिट गरी पेट्रोल फाली जलाएको खबर अभिभावकलाई सुनाए । कुटपिट गरी पेट्रोल फाली जलाएको खबर अभिभावकले पाएपछि स्थानिय प्रहरी चौकिमा गइ घटना बारे जानकारी गराएका थिए । तर प्रहरीको प्रारम्भिक अनुसन्धानले बालकहरुले झुटो बाेलेको खुलेको छ ।

यस अघि छबिसपाथीभेरा गाउपालिकामा पेट्रोल किनेर घर जादै गर्दा अज्ञात समुहले कुटपिट गरि पेट्रोल फालिएको खबर फैलिएको थियो । छबिसपाथीभेरा गाउपालिका वडा नं ५ थलारा का १६ बर्षिया सरोज जाग्री र १३ बर्षिया राजन जाग्रीलाइ कुटपिट गरेको खबर प्रहरीमा पुगेको थियो । भाडे बजार बाट १० लिटर पेट्रोल किनेर घर जाने बेला दुबै जनाले सुरुवातमा पेट्रोल कस्तो छ भनि चाख्न खोजेको र पछि आगो लगाएर पेट्रोल सकिए पछि दुबै जनाले घरमा झुटो खबर सुनाउएको प्रहरीको प्रारम्भीक अनुसन्धान बाट खुलेको छ ।

प्रारम्भीक अनुसन्धानका क्रममा दुबै जनाले पेट्रोल जलाएर नष्ट गरेपछि अभिभावक रिसाउने र गाली गर्ने डरले झटो खबर फैलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो । अहिले दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै